लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मैनादेवि अनाथ आश्रमको २७ औं वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा,पुष ९ गते।अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवि अनाथ आश्रमको 27 औं वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा,विद्यालयलाई सम्मान अध्यक्ष को प्रतिवेदन गत मंसिर १ गतेदेखि ८ गतेसम्म संचालित धनधान्यान्चल ज्ञान महायज्ञका आर्थिक समिति संयोजकको प्रतिवेदन साथै आश्रमका बालकहरुको उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले कार्यक्रमलाई सम्बोधन गर्दै यस्ता आश्रम खोलेर अति कठिनताका बावजुत पनि सफलता पूर्वक २७ औं वर्ष पार गरेकोमा प्रशंशा गर्दै , उक्त आश्रमको जिम्मेवारी सञ्चालकलाई मात्र नभएर सबैले आफ्नो दायित्व सम्झनुपर्छ भन्दै तिलोत्तमा नगरपालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।


कार्यक्रममा , विशिष्ट अतिथिको रुपमा शन्ति नमुना माध्यमिक विद्यालयका प्राचार्य कुलप्रसाद लामिछानेले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै, असक्त असहायको सेवा सबैको दायित्वभित्र पर्ने कुरा जनाउँदै वर्षौंदेखि उक्त आश्रमका बालकहरुको शिक्षा निशुल्क गर्दै आइरहेको शान्ति स्कूल अब पनि त्यो कार्यलाई निरन्तरता दिने यहाँ मात्र नभई जो कोही उक्त स्कुलमा अध्ययन गर्ने असक्त असहाय लाई शुल्क नलिएको र आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने कुरामा जोड दिनुभयो।


उक्त कार्यक्रममा,वडा न.६ का वडा अध्यक्ष गणेश पाठक,वडा न.६ का वडा सदस्य गोविन्द रिजाल,वडा न.६ का महिला वडा सदस्य सीता गौतम ,पत्रकार श्याम पोखरेल,वैदिक सनातन परमानन्द आश्रम का अध्यक्ष दुर्गा खरेल, शान्ति माध्यामिक विद्यालयका भु.पु. प्राचार्य घनश्याम ज्ञवाली, उद्योग वाणिज्य संघ तिलोत्तमाका सचिव टीकाराम भण्डारी, उपभोक्ता संरक्षण समितिका अध्यक्ष रमेश पाण्डे, मेदेनी प्रविका व्यवस्थापन समितिका अध्यक्ष , नेक्स्ट जेनेरेशन बोर्डिङ स्कुलका प्रिन्सिपल विष्णु भुसाल, शान्ति नमुना माध्यमिक विद्यालय सेक्टर २ का सह संयोजक कल्पना कुँवर,जगत पौड्याल,आनन्दवन , मधुवन कुलापानी समितिका अध्यक्ष टीकाराम चापागाईं, सुन्दर बस्ति टोलाबिकास समितिका अध्यक्ष देवी न्यौपाने, आनन्दवन टोल विकास समिति अध्यक्ष छवि भण्डारी , विभिन्न आमासमुहहरु,विभिन्न सङ्संस्थाका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।उक्त कार्यक्रममा , संस्थाका अक्षयकोष संकलन सदस्य सीता बस्ताकोटीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन तिलोत्तमा एफ.एम का पत्रकार चन्दा भुसालले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्