लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कपिलवस्तुमा गाई काटेको आरोपमा तीन जना पक्राउ

tillotmacitynews - 2023 Dec 24 09:25 PM
IMG

तिलोत्तमा सिटी,२०८० पुष ८ गते । कपिलवस्तुमा गाई काटेको आरोपमा  तीन जना पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १० भावपुरमा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।  स्थानीय सुरज विकको घरमा गाई काटेर मासुको भाग लगाइरहेको अवस्थामा तिन जनालाई पक्राउ गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सुरज विक, बुद्धुभुमी नगरपालिका वाड नम्बर ८ हरिहरपुरका बर्साती थारु र रुपन्देही कन्चन ५ का श्रीधर टमाटा रहेको इलाका प्रहरी कार्यालय  पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए । 


उनीहरूको साथबाट सय केजी मासु  पनि  नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक रायमाझीले बताए । 

कमेन्ट गर्नुहोस्