लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पूर्वराजा ज्ञानेन्द्र रुपन्देहीमा

tillotmacitynews - 2023 Dec 24 09:20 PM
IMG

तिलोत्तमा सिटी,२०८० पुष ८ गते । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार रुपन्देही आएका छन् । उनी पत्नी कोमल शाहसहित परिवारका साथ धार्मिक कार्यक्रममा लागि रुपन्देही आएका हुन् । बुद्ध एयरको जहाजबाट भैरहवा विमानस्थल ओर्लेका शाहलाई उनी समर्थक र राप्रपाका नेता कार्यकर्ताले स्वागत गरेका छन् । शाह विमानस्थलबाट मुख्य सडकसम्म हिंडेका थिए भने त्यहांबाट अञ्चलपुरमा रहेको तारे होटेल सिद्धार्थ भिलासासम्म आफै कार चलाएर गए । सो अवसरमा समर्थकले नौमती बाजाले उनलाई स्वागत गरिएको थियो ।


शाहले भैरहवालाई मुकाम बनाएर लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाका धार्मिकस्थलको अवलोकन गर्ने कार्यक्रम रहेको पूर्वराजालाई अभिनन्नदन गर्न गठित मूल समितिका संयोजक डा. रामप्रसाद बस्यालले बताए । शाहको भ्रमण तालिका सार्वजनिक नभएपनि भैरहवामा सभा आयोजना गरि अभिनन्दन गरिने उनले बताए । शाह पुस १९ गतेसम्म बस्ने कार्यक्रम रहेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्