लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सारजाह–काठमाडौं उडानको जहाजको शौचालयमा नवजात शिशु फेला, महिला पक्राउ

tillotmacitynews - 2023 Dec 20 04:37 PM
IMG

तिलोत्तमा सिटी,२०८० पुष ४ गते । यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बुधबार बिहान ९ बजे काठमाडौं अवतरण गरेको जहाजको शौचालयमा नवजात शिशु फेला परेको पुष्टि गरे । ‘यो घटनापछि प्रहरीले एक महिला यात्रुलाई पक्राउ गरी अस्पताल लगेको छ,’ उनले भने । काठमाडौं सारजहाबाट आएको भए पनि यात्रु कुन मुलुकबाट आएको भन्नेबारे विमानस्थलसँग विस्तृत जानकारी नभएको उनले बताए । यो घटनापछि प्रहरीले शिशु र ती महिला दुवैलाई अस्पताल पुर्‍याएको उनले जानकारी दिए ।


जी९५३६ उडान नम्बरको यो जहाज काठमाडौंमा ९ बजेर १० मिनेटमा अवतरण गरेको थियो ।

कमेन्ट गर्नुहोस्