लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आईपीएलकै महंगा खेलाडी बने प्याट कमिन्स

tillotmacitynews - 2023 Dec 19 06:08 PM
IMG

तिलोत्तमा सिटी, २०८० पुष ३ गते ।अष्ट्रेलियालाई विश्वकपको उपाधि दिलाएका कप्तान प्याट कमिन्स इण्डियन प्रिमियर लिग (आईपीएल) मा कीर्तिमानी मूल्यमा बिक्री भएका छन् । मंगलबार भएको अक्सनमा सनराइज हैदरबादले उनलाई २०.५० करोडको बोली लगाएका हो । यससँगै उनी आईपीएलको इतिहासकै सबभन्दा महंगो खेलाडी बनेका छन् । उनको सुरुवाती मूल्य २ करोड थियो । सुरुमा चेन्नई सुपर किङ्सले बोली लगायो, त्यसपछि मुम्बई एण्डियन्स आयो । दुईको प्रतिस्पर्धामा चेन्नईले ४.८ करोडको बोली लगायो । त्यसपछि रोयल च्यालेन्जर्स बैंग्लोरले ५ करोडको बोली लगायो ।


बैंग्लोर र चेन्नईको प्रतिस्पर्धा ७.४० करोडसम्म रह्यो । बैंग्लोर ७.८० करोड तिर्न तयार भयो । त्यसपछि कमिन्सलाई बोली लगाउने दौडमा सनराइज हैदरबाद प्रवेश गर्‍यो र, २०.५० करोडमा कमिन्सलाई अनुबन्ध गरेको छ ।

कमेन्ट गर्नुहोस्