
तिलोत्तमा सिटी, २०८० मंसिर, २८ गते । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथिको सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनमा बिहीबार भएको सुनुवाइ सकिएको हाे । न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उक्त निवेदनमाथि सुनुवाइ भएको थियो । पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै पठाउने भन्नेबारे यसअघि दुई न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएको थियो ।
सुनुवाइ सकिएसँगै आदेशको तयारी गरिएको छ ।
कमेन्ट गर्नुहोस्