लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अब छिटै महिला प्रधानमन्त्री भएको हेर्ने इच्छा छ : प्रधानमन्त्री प्रचण्ड

tillotmacitynews - 2023 Dec 13 08:57 PM
IMG

तिलोत्तमा सिटी,  २०८०  मंसिर, २७ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिटै महिला प्रधानमन्त्री भएको हेर्ने इच्छा व्यक्त गरेका छन् । काभ्रेको पाँचखालमा प्रथम महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले उक्त इच्छा व्यक्त गरेका हुन् ।  संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख महिला भएर राम्रो कामको सुरुवात गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले अब छिट्टै महिला प्रधानमन्त्री भएको हेर्ने इच्छा व्यक्त गरेका हुन् ।


‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि राष्ट्रपति महिला, प्रधानन्यायाधीश महिला, सभामुख महिला भएर राम्रो कामको सुरुवात भएको छ’, उनले भने, ‘अब एउटा बाँकी छ प्रधानमन्त्री महिला । मेरो इच्छा छ छिट्टै महिला प्रधानमन्त्री होस् ।’ योपटक सुशासन, सामाजिक न्याय र समृद्धिको नारा दिएर सरकार अगाडि बढेको दाबी गर्दै उनले भ्रष्टाचारको केस लाग्ने ९९ प्रतिशत पुरुष भएको तर महिला नभएको जिकिर गरे । सुशासनको पक्ष र सामाजिक न्यायको पक्षमा महिला भूमिका राम्रो भएको उनले बताए । 

कमेन्ट गर्नुहोस्