लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आईपीएल अक्सनमा परेनन् नेपाली खेलाडी

tillotmacitynews - 2023 Dec 12 07:59 AM
IMG

तिलोत्तमा सिटी,  २०८०  मंसिर, २६ गते । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को अक्सनमा नेपालबाट कुनै पनि खेलाडी समावेश भएका छैनन् । बीसीसीआईले सोमबार अक्सनका लागि सार्वजनिक गरेको ३३३ खेलाडीको सूचीमा नेपाली क्रिकेटरको नाम छैन । पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय स्तरमा लगातार सफलता हात पारिरहेको र भारत र पाकिस्तान जस्ता टिमसँग एसिया कप, इमर्जिङ एसिया कप अनि एसियन गेम्समा भारतसँग खेलेकाले नेपालबाट केही खेलाडी अक्सनमा पर्ने आशा थियो । तर कुनै पनि खेलाडी समावेश भएनन् ।


यस पटक एसोसिएट राष्ट्रबाट जम्मा दुई खेलाडी मात्र अक्सनको सूचीमा छन् । जसमा नामिबियाका डेविड वाइजा र नेदरल्याण्ड्सका पउल भान मिकेरेन छन् । ३३३ मध्ये २१४ भारतीय खेलाडी छन् भने ११९ विदेशी खेलाडी छन्  । अक्सनबाट बढीमा ७७ खेलाडी मात्र लिलामी हुनेछन् । जसमा ३० विदेशी खेलाडीको कोटा रहेको छ ।


आईपीएल २०२४ का लागि अक्सन डिसेम्बर १९ मा दुबईमा हुनेछ ।

कमेन्ट गर्नुहोस्