लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विश्वमा शान्तिको महत्व अझ बढेको छ : प्रधानमन्त्री प्रचण्ड

tillotmacitynews - 2023 Dec 12 04:23 PM
IMG

तिलोत्तमा सिटी, २६ मंसिर २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वलाई शान्तिको अझ बढी आवश्यकता रहेको बताएका छन् ।नवलपरासीको रामग्राम स्तुपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वमा शान्ति स्थापनाका लागि बुद्धका सन्देश अहिले पनि सान्दर्भिक रहेको बताए ।‘मानव जाति रहेसम्म बुद्धका शिक्षाको औचित्य, आवश्यकता र महत्व झन् दिन प्रतिदिन बढ्दै गएको छ । आजको विश्वमा शान्तिको महत्व अझ बढ्न गएको छ’, प्रधानमन्त्रीले भने ।


प्रधानमन्त्रीले आफूलाई सम्राट अशोकसंग तुलना गर्दै ठूला ठूला युद्ध गरेर आएका सम्राट अशोकले बुद्धलाई स्थापित गरे जस्तै आफू पनि देश र देश बाहिर शान्तिका लागि लागिरहने बताए । संयुक्त राष्ट्र संघका वर्तमान महासचिव एन्टोनियो गुटेरेसलाई लुम्बिनी भ्रमण गराएको उल्लेख गर्दै प्रधानमन्त्रीले उनको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति नयाँ प्रतिवद्धता प्रस्तुत भएको बताए ।


रामग्राममा आयोजित यस कार्यक्रमले विश्वभर रामग्रामको प्रचार र शान्तिको सन्देश बलियो गरी जाने विश्वास प्रधानमन्त्रीले व्यक्त गरे । लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजना रामग्राम स्तूप क्षेत्रको पुनः स्थापना, संरक्षण र विकासका लागि दूरदर्शी परियोजनाको शुभारम्भका लागि प्रधानमन्त्री प्रचण्ड रामग्राम आएका ह्ुुन् ।


कार्यक्रममा प्रधानमन्त्रीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पतञ्जली योगपीठ हरिद्वारका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण लगायतको उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले बुद्धको एक मात्र अस्तु धातु रहेको रामग्रामको विकास गर्ने र रामग्रामलाई धार्मिक सांस्कृतिक थलो बनाउने सरकारको योजना रहेको बताए ।


लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले रामग्रामलाई लुम्बिनीको जस्तै गरी विकास गर्ने गरी कोषले काम गर्ने बताए । उनले विश्वका बौद्ध धर्माम्बलम्बीहरुलाई लुम्बिनीसँगै रामग्राममा ल्याउने गरी आफूहरूले काम गर्न खोजेको बताए । उनले अहिले रामग्रामको गुरुयोजना बनाएर पुरातात्विक स्थलहरूको संरक्षण र वरपर विहार लगायत पूर्वाधार विकास गर्ने बताए ।

कमेन्ट गर्नुहोस्