
तिलोत्तमा,मंसीर २५ गते। समाजमा घटिरहेका घरेलु हिंसा न्युनिकरण गर्नका लागि सामुदायिक बिकास कोष गंगोलियाका महिलाहरूलाई ४ दिने तालिम दिईएको छ । तिलोत्तमा नगरपालिका सामुदायिक बिकास कोष गंगोलियासंग सम्बधित वडाका ४० जना महिलाहरूलाई घरेलु हिंसा सम्बन्धि तालिम दिईएको हो । तालिममा सहजीकरण जिल्ला न्यायधिबक्ता मुक्तिराम सुबेदी, अधिबक्ता दिनेश घिमिरे,मिनाक्षी न्यौपाने र अल्पा घिमिरेले प्रशिक्षण दिनुभएको हो।
सो तालिमको उद्घाटनको अवसरमा बोल्दै प्रमुख अतिथि रहनुभएकी नगर उपप्रमुख जगेश्वर देवी चौधरीले चेलीवेटी वेचविखन तथा ओसारपसार, बलात्कार , बहुविवाह जस्ता अमानविय क्रियाकलापबाट महिला हिंसा बढ्ने भएको हुँदा यसको विरूद्वमा राज्यले घटना नहुदै महिलालाई जोगाउने वातावरण सृजना गर्नु पर्ने बताउनुभएको थियो। महिला हिंसाबाट प्रवाहितहरूलाई राज्यले न्याय, राहत र पुनर्स्थापनाको व्यवस्था राज्यले गर्नु पर्ने उहाँको भनाई थियो। सो अवसरमा सोही वडाका वडाअध्यक्ष दान बहादुर चौधरीले घर घरमा हुने सबै किसिमका हिँसा लुकाउन नहुने र बाहिर ल्याउनु पर्ने बताउनुभयो। उहाँले त्यस्ता घरेलु हिँसा हुन नदिन सबैले कानुनि सचेतना सम्बन्धि जानकारी राखेर समृद्ध समाज निर्माणमा अघि बढ्नु पर्ने बताउनुभयो।
तालिममा यौनिक हिंसा, मानसिक हिंसा, शारीरिक हिंसा, लैगिंक हिंसा निवारणमा राज्यको दायित्व र लैगिंक हिंसा अन्त्य सम्बन्धमा विद्यमान कानूनी प्रावधान र व्यवस्थाको बारेमा प्रशिक्षण दिईएको थियो ।प्रशिक्षक अधिबक्ता दिनेश घिमिरे ले विश्वमा महिलाको जनसंख्या आधा जति भए पनि उनीहरूको सामाजिक, आर्थिक, राजनैतिक र नीति निर्माण तहमा महिलाहरूको न्यून उपस्थिति रहेको बताउनुभएको थियो।
राज्यले निर्माण गरेका कानुनहरूमा पनि महिलाहरूलाई विभेद गरिएको र महिला तथा बालबालिकाहरूलाई तुलनात्मकरूपमा कम स्वतन्त्रता र अवसर दिईएको बताईएको थियो । जिल्ला न्यायधिबक्ता मुक्तिराम सुबेदीले महिलाहरू माथि हुने हिंसा सामाजिक एवं कानुनी अपराध भएको बताउँदै महिला हिंसाले समाजलाई नै ध्वस्त पार्ने बताएका थिए । बाल विवाह, दाइजो प्रथाबाट समाजबाट मुक्त भए मात्र सभ्य समाजको निर्माण हुन सक्ने उहाँले बताउनुभएको थियो।कार्यक्रममा वडा सदस्य सन्तु बस्नेत र शोभा रानाले समापन कार्यक्रममा सहजीकरण रहेको कार्यक्रमको संचालन बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्