लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलको सिद्धबाबा मन्दिर नजिकै मानिस मृत फेला

tillotmacitynews - 2023 Dec 05 04:34 PM
IMG

तिलोत्तमा सिटी, १९ मंसिर २०८० । पाल्पाको तिनाउ गाउँपालिका-३ तल्लो सिद्धबाबा मन्दिर नजिकै एक पुरुष मँगलबार मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार तल्लो (बुटवल) सिद्धबाबा नजिकै करिब ५५ वर्ष उमेरका एक पुरुष सडकको कुनामा मृत अवस्थामा भेटिएका थिए ।


शवलाई पोष्टमार्टमका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएको र घटना बारे थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा विगत केही दिनदेखि सिद्धबाबा मन्दिरको आसपासमा मागी खाने र सोही ठाउँमा ती पुरुष बस्नदै आएको प्रहरीले जनाएको छ । मृतकको साथमा २ वटा झोला समेत रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्