लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेत्रहिन महिला संघले गर्यो अपाङ्गता सम्बन्धि नगरस्तरीय सुझाव संकलन

IMG

तिलोत्तमा सिटी,१७ मंसिर २०८०। अपाङ्गता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँएको छ । सो अवसरमा आइतबार नेत्रहिन महिला संघ नेपालले ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने मूलनारासहित  अपांगता भएका व्यक्तिहरुको ससक्तिकरण र बिकासका लागि तिलोत्तमा नगरस्तरीय ३ बर्षीय कार्ययोजना सम्बन्धमा सुझाव संकलन सम्बन्धि बैठक गरेको छ। गत कार्तिक ९ गते निर्माण भएको पहिलो दस्ताबेज माथि सुझाव संकलन गरि पुर्ण रुप दिने उदेश्यले सो बैठकको आयॉजना गरिएको नेत्रहिन महिला संघ नेपालका महासचिव अनिता सिग्देलले बताउनुभयो। 


दस्ताबेजमा भएका कार्ययोजनालाई सुझाव दिदै उपस्थित सरोकारवालाले अपाङ्गता भएका व्यक्तिहरुको ससक्तिकरण र बिकासका लागि पहुँच विस्तारका लागि सबै मिलेर अगाडी बढ्नु पर्ने बताएका थिए। तिलोत्तमा नगरउपप्रमुख जगेश्वर देवी चौधरीको अध्यक्षतामा बसेको सुझाव संकलन कार्ययोजना बैठकको सहजीकरण महिला तथा बालबालिका विभागका निर्देशक निरा अधिकारीले गर्नुभएको थियो। अपाङ्गता भएका व्यक्तिहरुलाई सहज बाताबरण सृजना गर्न सबैको उत्तिकै जिम्मेबारी भएको भन्दै सरोकारवालाले नीति नियम कागजमा बनाएर यत्तिकै राख्नु भन्दा अपाङ्गता भएका व्यक्तिको जिबन स्तर उकास्न सहयोग पुग्ने गरि सबै तह र तप्कामा त्यसको पहुँच पुर्याउनुपर्ने बताएका थिए।  कार्यक्रमको संचालन नेत्रहिन महिला संघ रुपन्देहीका अध्यक्ष निर्मला पाण्डेयले गर्नुभएको थियो। 



कमेन्ट गर्नुहोस्