लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भैरहवामा बिद्यालय स्तरिय टी–२० क्रिकेट प्रतियोगिता सुरु, जनजागृतिको बिजयी सुरुवात

IMG

तिलोत्तमा सिटी,१६ मंसिर २०८०।रुपन्देहीको भैरहवामा शनिबार देखि स्व: शेर बहादुर सेन्चुरी मेमोरियल अन्तरमावि जिल्लास्तरिय टी–२० क्रिकेट प्रतियोगिता २०८० सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजना तथा पर्वत ज्वेलर्सको मुख्य प्रायोजनमा सिद्धार्थ रंगशाला भैरहवामा संचालन भएको प्रतियोगिताको प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले उद्घाटन गरेका हुन । सो अवसरमा बोल्दै सदस्य सचिव भट्टराइले रुपन्देही क्रिकेटको क्षेत्रमा धेरै अगाडी बढिसकेको हुँदा ग्रासरुटबाटै खेलाडी उत्पादन गर्न यस्ता खेलले ठुलो योगदान गर्ने बताउनुभएको थियो। उहाँले नेपालको क्रिकेटको अवस्था गर्व गर्न लायक भएको बताउदै भबिस्यमा नेपालले क्रिकेटबाटै विश्वमा नाम चम्काउने समेत बताउनुभयो।


प्रतियोगिता अन्तरगत शनिवार भएको पहिलो खेलमा तिलोत्तमा-२ योगिकुटीको जन जागृति माविले न्यु इरा भैरहवालाई पराजित गरेको छ भने आजै सम्पन्न दोस्रो खेलमा मुन लाइट माविले साइ ग्लोबल एकेडेमीलाई पराजित गर्दै बिजयी भएका छन् । उद्घाटन खेलमा न्यु इरा भैरहवालाई ४ विकेटले पराजित गरेको थियो। १०२ रनको लक्ष्य पछ्याएको न्यु इरा भैरहवालाई सहज ४ विकेटले पराजित गर्दै जन जागृति माविले बिजयी यात्रा सुरु गरेको हो । 


त्यस्तै दोस्रो खेलमा साइ ग्लोबल एकेडेमीलाई ७ विकेटले पराजित गर्दै मुनलाइट मावि बिजयी भएको हो । उद्घाटन खेलमा टस जितेर ब्याटिङ रोजेको न्यु इरा भैरहवाले निर्धारित २० ओभरमा आफ्ना ६ विकेटको क्षेतिमा १ सय १ रन बनाएको थियो । १०२ रनको बिजयी लक्ष्यका जवाफी ब्याटिङ गर्न मैदान उत्रिएको जन जागृति माविले १३ ओभरमा लक्ष्य पुरा गर्दै पराजित गरेको थियो। जसमा अमन अधिकारी र सागर गैरेले समान २४ रन बनाएका थिए।खेलमा उत्कृष्ट ब्याटिङ गर्दै २४ रन र २ विकेट लिएका जन जागृति माविका सागर गैरे म्यान अफ द म्याच घोसित भए ।त्यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङ्ग रोजेको साइ ग्लोबलको ४६ रनको झिनो लक्ष्यलाई ५३ ओभरमा ३ विकेटको क्षतिमा पराजित गर्दै मुनलाइट मावि बिजयी भएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने ४ विकेट लिंदै रिवाज म्यान अफ द म्याच घोसित भए । म्यान अफ द म्याच पाउने खेलाडीले नगद १ हजार तथा मेडल प्राप्त गरे।


मङ्सिर २३ गते सम्म चल्ने प्रतियोगिताको बिजेताले नगद ५० हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता टिमले नगद २५ हजार,कप, मेडल प्रमाणपत्र हात पार्नेछ ।त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य व्यक्तिगत बिधातर्फ म्यान अफ द टुर्नामेन्ट तथा मेडल,वेष्ट ब्याट्सम्यान वेष्ट बलर लाई नगद तथा मेडल प्रमाणपत्र प्रदान गरिने रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले जानकारी दिए। त्यस्तै प्रतियोगिताका प्रत्येक म्याचका म्यान अफ द म्याचलाई नगद १ हजार साथमा मेडल प्रदान गरिनेछ । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटन  रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाको अध्यक्षतामा भएको थियो । भोलिको खेल मनकामना मावि भर्सेस नेपाल नालन्दा बिहान र काशी नोबल एकेडेमी भर्सेस लुम्बिनी शिक्षा निकेतन भैरहवा बीच हुने आयॉजकले जनाएको छ। 

कमेन्ट गर्नुहोस्