लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फुटबलको व्यापक बेथितिको अन्त्य गर्न आवश्यक छ - गणेश थापा , पुर्व एन्फा अध्यक्ष

IMG

तिलोत्तमा सिटी,१६ मंसिर २०८०। रुपन्देही फुटबल अभियान्ताको आयोजनामा पुर्व एन्फा अध्यक्ष गणेश थापासंग रुपन्देही , कपिलवस्तु र नवलपरासीका फुटबल पुर्व/ वर्तमान फुटबल खेलाडी , रेफ्री , फुटबल प्रेमिहरुको सहभागितामा तिलोत्तमा नगरपालिका अवस्थित हिडेन प्यालेसमा प्ररिचात्मक तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । 


कार्यक्रममा थापाले वर्तमान समयमा फुटबल खेल खस्किदै गएको, खेलाडीहरुको जिविकोपार्जनमा समस्याहरु थपिदै गएको साथै फुटबलका स्थापित खेलाडिहरु विदेश प्लायन हुँदै गएको बारे दुख जताउदै फुटबलको आमूल परिवर्तनका लागि सबै एक जुट भएर अघि बढ्न जरुरी रहेको उल्लेख गरेका थिए । आफ्नो २०८२ सम्म प्रतिबन्ध रहेको हुदा आगामी दिनमा आफू नेतृत्वमा आउनु भन्दा पनि नेतृत्व हस्तान्तरण गर्न आफू लागेको बताएका थिए । अहिले फुटबलमा व्यापक वेथिती भएकाले त्यसको अन्त्य नगरेसम्म  फुटबल खेल अगाडि बड्न नसक्ने भन्दै फुटबलको विकास निम्ति आफु नेतृत्व हस्तान्तरणमा लागेको बताउनु भएकाथिए । आफ्ना पाला विभिन्न लिग आयोजना गरेको खेलाडिलाई विभिन्न पुरस्कारको व्यवस्था गरेको खेलाडीलाई १२ महिनाको तलब व्यवस्थापन  गरेको तर  अहिले  सबै रोकियो बारे उल्लेख गर्दै चिन्ता व्यक्त गरेका थिए ।


कार्यक्रममा एन्फा रेफ्री अमर पुनले स्वागत , नेपाल खेलकुद पत्रकार मन्चका अध्यक्ष सुमन अधिकारी , राष्ट्रिय युवा परिषद् बोर्ड सदस्य तथा तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य रवि सेन्चुरी , एन्फाका पुर्व उपाध्यक्ष महेन्द्र हमाल , रुपन्देही जिल्ला फुटबल सघका पुर्व अध्यक्ष हरि प्रसाद श्रेष्ठले शुभकामना राखेका थिए भने कार्यक्रम दिपक थापाको अध्यक्षता र बुद्धि थापाको संचालनमा सम्पन्न भएको थियो ।


कमेन्ट गर्नुहोस्