लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रेस क्लबलाई हराउंदै देवदह प्रेस क्लब मिडिया कपकाे फाइनलमा

IMG

तिलोत्तमा सिटी,१६ मंसिर २०८०। मिडिया बीच भाइचारा तथा आपसी सम्बन्ध स्थापित गर्दै पर्यटनलाई टेवा पुर्याउने उदेश्य सहित रूपन्देहीकाे देवदहमा जारी लुम्बिनी प्रदेश स्तरीय प्रथम देवदह मिडिया कपमा आयाेजक देवदह प्रेस क्लब फाइनलमा प्रवेश गरेकाे छ ।शनिबार सम्पन्न खेलमा लुम्बिनी प्रेस क्लब भैरहवालाई १-० गाेल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे हाे ।


खेलकाे २४ ओैँ मिनेटमा देवदह प्रेस क्लबका मीन रानाले गाेल गरेर टिमलाई जीत दिलाएका हुन् ।देवदह प्रेस क्लब क्वाटरफाइनलमा रेडियाे जागरण बुटवल अनुपस्थित भएपछि वाक ओभरका आधारमा सेमिफाइनलमा प्रवेश गरेकाे थियाे भने लुम्बिनी प्रेस क्लब राज्य टेलिभिजन बुटवललाई ३-१ गाेल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे थियाे ।प्रतियाेगितामा प्रथम हुने टिमले ५१ हजार १ सय ११ र द्धितिय हुने टिमले ३१ हजार १ सय ११ प्राप्त गर्नेछ । देवदह मिडिया कप राजधानी वाहिरकाे सर्वाधिक राशिको फुटबल प्रतियाेगिता हाे। आजै को खेलमा बुद्धटिभिले बर्दघाट प्रेस क्लबलाई खेलमा बराबरी भएपछी पेनाल्टी सुट आउटमा २-० गाेल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।क्वाटर फ़ाइनलकाआज सम्पन्न हुनुपर्ने खेल खेलाडी पोटासका कारण केहीबेर रोकिएको थियो। 


कमेन्ट गर्नुहोस्