लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हराएका युवक कालीगण्डकी नदीमा मृत फेला

IMG

तिलोत्तमा सिटी,१५ मंसिर २०८०। आठ दिनदेखि सम्पर्कविहीन रहेका एक युवक कालीगण्डकी नदीमा मृत फेला परेका छन् । पाल्पाको पूर्वखोला –१ सिलुवा घर भई रामपुर नगरपालिका –७ किसानबारी बस्दैआएका २२ बर्षीय सन्तोष पन्थी शुक्रबार तनहुँको घिरिङ गाउँपालिका–१ गडौलीटार स्थित कालीगण्डकी नदी किनारमा मृत फेला परेका हुन् । 


हराएका पन्थीको आफन्तजनले खोजी गर्नेक्रममा दिउँसो साढे १ बजे नदी किनारमा तैरिराखेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पन्थीको शव मुचुल्का गरी रामपुर अस्पताल पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्