लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

धन कमाउन गएका गोरखाका सुवास मलेसियामा मृत फेला

IMG

तिलोत्तमा सिटी,१५ मंसिर २०८०। गाेरखा जिल्ला थालाजुङ्ग न.पा वडा न-४ स्थायी ठेगाना भएका सुवास गुरुङ मृत फेला परेका छन्। ३८ बर्षीय गुरुङ मलेसियाको पेनाङ्ग सिटि स्थित युनाईटेड म्लायन फ्लर मिलमा बिगत ८ बर्ष देखि कार्यरत थिए। अघिल्लो ६ महिना अगाडि छुट्टिमा घर आएर फेरि मलेसिया गएका उनको मङ्सिर १४ गते अर्थात नोभेम्बर ३० तारिखको बिहान ३:१५ बजे निधन भएको मलेसिया स्थित अर्का नेपाली महेन्द्र अर्यालले जानकारी दिनुभयो। 

गुरुङको नेपाल स्थित गोरखामा एक श्रीमती सहित १ छाेरि रहेकाे स्रोतले जनाएको छ। 


स्वास्थ्य अवस्था सामान्य रहेका गुरुङ अघिल्लो दिन नियमित काम गरि खाना खाएर कोठामा आएर राम्रै सुतेकाे तर राति अकस्मात बिहान मृत फेला परेको सोही कम्पनीमा कार्यरत नेपाली श्रमिक महेन्द्र अर्यालले जानकारी दिनुभयो। घटनाबारे मलेसियाको स्थानिय निकाय,राेजगारदाता कम्पनी प्रतिनिधि , प्रहरि , प्रशासन , नेपाल राजदुतावास जताततै खबर पुगिसकेको र प्रार्थिव शरीर जति सक्याे छिटाे नेपाल पुर्याउन पहल भईरहेकाे उहाँका साथी प्रविन भण्डारीले हामीलाई जानकारी दिनुभएको छ। 


कमेन्ट गर्नुहोस्