लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एनएसएलमा आज धनगढी र बुटवल लुम्बिनी भिड्दै

tillotmacitynews - 2023 Nov 30 09:35 AM
IMG

तिलोत्तमा सिटी,  २०८०  मंसिर,१४ गते । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । दुवैको यो दोस्रो खेल हुनेछ । साविक उपविजेता धनगढीले पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई २-१ जित हात पार्दा बुटवल लुम्बिनी भने ललितपुर सिटी एफसीसँग २-० ले पराजित भएको थियो । धनगढी लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । बुटवल लुम्बिनी भने पहिलो जितको अभियानमा हुनेछ ।


आशिष चौधरी मार्की रहेको धनगढीको कप्तानी देवेन्द्र तामाङ गर्नेछन् । यस्तै मार्की एरिक विष्टले नै बुटवलको कप्तानी गरिरहेका छन् । दुवै टोलीमा नेपाली घरेलु फुटबल खेलिसकेका विदेशी खेलाडीहरु छन् । जसमा धनगढीमा ए डिभिजन खेलिसकेका आफिज ओलावाले, फोडो फोफाना, अहमद हिजाजी र मोहम्मद ताहा छन् । यस्तै युरोपियन लिगहरु खेलेका फालो डियाग्ने पनि छन् ।


उता बुटवल लुम्बिनीमा नेपाली घरेलु फुटबल खेल्दै आएका स्टेफन विनोङ, सर्ज सोङ, आन्द्रे थिएरी बिक र अर्नेस्ट तम्पी सहित गोलकिपर मोहमोदोउ छन् ।

कमेन्ट गर्नुहोस्