लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१० कट्ठा खेतमा लगाइएको गाँजा नस्ट

tillotmacitynews - 2023 Nov 30 05:17 PM
IMG

तिलोत्तमा सिटी,  २०८०  मंसिर,१४ गते । पर्सामा प्रहरीले १० कट्ठा खेतमा लगाइएको गाँजा नस्ट गरेको छ। ठोरी गाउँपालिका वडा नम्बर ३ र ४ मा अवैध रूपमा लगाइएको गाँजाको करिब आठ हजार बोट फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक सन्तोष राईको कमान्डमा खटिएको प्रहरी टोलीले बुधबार ती गाँजा नष्ट गरेको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले जानकारी दिए।


उनका अनुसार गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास भइरहेको छ। उनीहरूलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गरिने डिएसपी थापाले जानकारी दिए।

कमेन्ट गर्नुहोस्