लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गर्ने दुई पक्राउ

tillotmacitynews - 2023 Nov 27 11:21 AM
IMG

तिलोत्तमा सिटी, ११  मंसिर २०८० । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भनी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार रोल्पा गङ्गादेव गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौँ गंगबुमा बस्ने ३९ वर्षीय निमराज डाँगीलाई प्रहरीले पक्राउ गरेको छ । उहाँका अनुसार डाँगीले पोर्चुगलमा जान प्रतिव्यक्ति १६ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि एक प्रतिष्ठित होटेलमा मासिक एक लाख २० हजार रुपियाँ तलब हुन्छ भनी प्रलोभनमा पारी पीडित जोनसन श्रेष्ठसँग पटक–पटक गरी दश लाख रुपियाँ लिई सम्पर्कविहीन भएका थिए । 


यस्तै, पाल्पा रब्दिकोट नगरपालिका वडा नं. ४ स्थायी घर भई हाल काठमाडौँ वसुन्धरा बस्ने ३३ वर्षीय चक्र पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पोखरेलले पीडित दीपेश तामाङलाई कुवेत जान दुई लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक ६० हजार रुपियाँ तलब हुन्छ भनी प्रलोभनमा पारेका थिए । उनले पटक–पटक गरी एक लाख रुपियाँ रकम लिई सम्पर्कविहीन रहेका पोखरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

कमेन्ट गर्नुहोस्