
तिलोत्तमा, मङ्सिर ८ गते २०८०। स्याङ्जाको पुतलीबजार नगरपालिकाबाट तिलोत्तमा नगरपालिका अवलोकनमा आउदा डोको भरी सुन्तला लिएर आएका छन ! पुतलीबजार स्याङ्जाका नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला लगायत जनप्रतिनिधि र कर्मचारीको टोलीले तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरीलाई सुन्तलाले भरिेएको डोको हस्तान्तरण गरेका हुन् ! पुतलीबजार स्याङ्जा सुन्तलाको लागि नेपालमै प्रख्यात छ !
तिलोत्तमाको तर्फबाट पनि गौतम बुद्धको जन्मस्थान लुम्बिनीको सम्झना स्वरुप मायाको चिनो हस्तान्तरण गरिएको थियो। सो अवसरमा बोल्दै पुतलीबजार नगरपालिका स्याङ्जाका नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल,र तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरीले दुई नगरपालिका बीच आपसी सम्बन्ध अझै प्रगाढ रहने र आगामी दिनमा सुचना आदानप्रदान गरि सहयोग समन्वय र सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभएको थियो। प्रशासन शाखा प्रमुख माधव प्रसाद पोख्रेलको आयोजनामा भएको कार्यक्रममा नगरपालिकाले गरेका उत्कृस्ट कार्य र योजना हरुका बारेमा बताइएको थियो।सो अवसरमा अबलोकन भ्रमणमा रहेका पुतलीबजारका जनप्रतिनिधी कर्मचारीहरुलाई नगर प्रमुख खाण र उपप्रमुख चौधरीले स्वागत गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्