लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा जीप र मोटरसाइकल ठोक्किंदा एकजनाको मृत्यु

tillotmacitynews - 2023 Nov 24 03:45 PM
IMG

तिलोत्तमा सिटी, ८  मंसिर २०८० ।  रुपन्देहीमा जीप  र मोटरसाइकल अएक आपसमा ठोक्किंदा एकजनाको मृत्यु भएको छ । बेलवास-बेथरी सडक खण्ड अन्तर्गत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको बलेरो जीप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल ठोक्किंदा मोटरसाइकलमा सवार बुटवल ११ निवासी ४५ बर्षिय शालिग्राम खनालको मृत्यु भएको रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले बताए ।


प्रवक्ता भट्टका अनुसार दुर्घटनामा घाइते खनालको उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक प्यूठान झिमरुक गाउंपालिका १ घर भई हाल बुटवल ११ निवासी २५ वर्षीय शेखर पोखरेल गम्भीर घाइते भएका छन् । पोखरेलको भैरहवाको मेडिकल कलेजमा उपचार भैरहेको छ । जीप र चालक जितेन्द्र बानियालाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्