लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

श्रीमान जिवित हुँदै एकल महिलाको भत्ता लिएको आरोपमा २ जना विरुद्ध मुद्दा दायर

tillotmacitynews - 2023 Nov 24 03:42 PM
IMG

तिलोत्तमा सिटी, ८  मंसिर २०८० । श्रीमान जिवितै हुँदा पनि निधन भएको भन्दै एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयऊले २ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर हुनेमा रामेछापको मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव शिवकुमार महत्तो सोही वडाकी निर्मला खत्री छन् । खत्रीका श्रीमानले नै आफू जिवितै हुँदै मृत्यू दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीले एकल महिला भत्ता खाएको भन्ने उजुरी गरेपछि अख्तियारले छानबिन गरेको थियो ।


छानबिनमा क्रममा महत्तो र खत्रीको मिलेमतोमा नक्कली मृत्यु दर्ता प्रमाण पत्र बनाएर निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्र बनाएको र ४५ हजार २२० रुपैयाँ भत्ता लिएको देखिएकाले उनीहरुलाई त्यो रकम विगो मानी भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्