लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मिडिया बीच देवदहमा फुटबल महासंग्राम हुँदै,तयारी पुरा

IMG

तिलोत्तमा, मङ्सिर ४ गते २०८०। रुपन्देहीका मिडिया तथा एसोसियट मिडिया बीच देवदहमा फुटबल महासंग्राम हुने भएको छ। देवदह प्रेस क्लबको आयोजनामा प्रथम देवदह मिडिया कप २०८० को सबै तयारि पुरा भएको आयोजकले जनाएको छ । ‘स्वास्थ्य र स्वस्थ पत्रकारिताका लागि खेलकुद’ नारासहित मंसिर १४–१६ सम्म  मिडिया हाउसमा कार्यरत संचारकर्मीहरुका बिचमा सेभेन ‘ए’ साईड फुटबल प्रतियोगिता हुने भएको हो ।पत्रकारहरु मानसिक र शारीरिक स्वस्थ्यप्रति सजग हुनुपर्छ भन्ने मान्यता विकास गर्न प्रतियोगिता गर्न लागेको आयोजक क्लबका अध्यक्ष विष्णु पोखरेलले बताए ।


पानबारी खेलमैदानमा हुने प्रतियोगिताको उपाधि विजेता टिमले नगद ५१ हजार १ सय ११ रुपैयाँ, कप, मेडल प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३१ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्र पुरस्कृत गरिने उनले बताए ।क्लबका सचिव निर्मल थापाले ३ दिनसम्म संचालन हुने प्रतियोगितामा डेढ दर्जन टिमले भाग लिने अनुमान रहेको बताए । कुल १२ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्