
तिलोत्तमा सिटी, २०८० मंसिर,३ गते । नेपाल सुपर लिगको दोस्रो संस्करण (एनएसएल) को तयारीमा रहेको मोफसलका दुई टिमबीच शनिबार भएको मैत्रीपूर्ण खेलमा बुटवल लुम्बिनी एफसीले जित हात पारेको छ । बुटवलको देवीनगर एन्फा एकेडेमी खेलमैदानमा पहिलो खेलमा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १—० गोलले पराजित गरेको हो ।
सुपर लिग अघि होम अवे अन्तर्गत बुटवल लुम्बिनी एफसीको आतिथ्यतामा भएको खेलमा निराजन धामीले उत्कृष्ट खेले । बुटवल लुम्बिनी एफसीका क्याप्टेन प्रकाश बुढाथोकीको क्रसमा निराजन धामीले खेलको १२ औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । फुटबलमा नयाँ अभ्यासका रुपमा यो प्रतियोगिताको दोस्रो संस्करणको तयारी भईरहेको अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दीर्घबहादुर केसीले बताए । मैत्रीपूर्ण खेललाई अभ्यासका रुपमा खेलाउन सके यसले खेलाडीको क्षमता बढाउन मद्दत मिल्ने उनले बताए ।
दोस्रो संस्करणको एनएसएल प्रतियोगिता मंसिर ८ गते शुभारम्भ हुने छ । पहिलो संस्करण खेलेका टोलीमध्ये विराटनगर सिटी एफसी बाहिरिँदा नयाँ दुई टोली गरी ९ टोलीले प्रतियोगितामा सहभागिता जनाउने तालिकासमेत सार्वजनिक गरेको छ ।
कमेन्ट गर्नुहोस्