
तिलोत्तमा , कार्तिक २६ गते २०८०। यस वर्षको यमपञ्चकका दिनहरू मध्य एउटा मानिने नरक चतुर्दशी मा सबैलाई स्वागत छ । मलाई यस चतुर्दशी असाध्यै दार्शनिक र तार्किक लाग्छ, आउनुहोस् सुरु गरौँ कुराहरू ।
आखिर नर्क या नरक के हो त ?
आखिर जन्म र मरण पछिका सनातन विश्वासहरूमा सदैव आउने कुरा नै स्वर्ग र नर्क त हो । राम्रो कर्म गरेमा स्वर्ग जाने र नराम्रो कर्म गर्दा नर्क जाने जनमान्यता छ । यो सनातन दर्शनमा मात्र नभई लगभग हरेक धर्म र विश्वासमा पाइने तर्क हो । नर्क कसैको रोजाई मा पर्दैन किनभने नर्कमा अनेक सास्ती र दुख्नका भोगाई रहने विश्वास गरिन्छ ।वैतरणी नदी तरेमा मात्र स्वर्ग पुगिन्छ भन्ने मान्यता छ । नरक चतुर्दशी मात्र यस्तो तिथि हो जहिले नर्कको उपस्थिति र केही हदसम्म नर्कको महत्त्व पनि बयान गर्दछ । नर्क बिनाको स्वर्गले खासै मान्यता राख्दैन, नर्क चतुर्दशी ले यस कुरालाई सबैलाई विचारयोग्य बनाएको छ ।
नरके भनेको के हो ?
यस चतुर्दशी ले हरेक मान्छेलाई नर्कमा नजानका लागि सत्कर्मको बाटो अवलम्बन गर्न पैरवी पनि गर्दछ । यस दिन नर्के नुहाउने चलन हुन्छ, तिलको तेल दलेर जलाशयमा नुहाउनुलाई नर्के नुहाउने भनिन्छ, कार्तिकको यस मन्द जाडोमा नुहाएपछि तिलका झिँगटाहरु बालेर ताप्ने चलन छ । आजको दिन बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदिप दक्षिण फर्काइ बाली बगाउनाले मृत्युपछि नर्कको दर्शन गर्नुपर्ने धार्मिक विश्वास छ । यसरी बत्ती बालेर बगाउने कार्यलाई नरके बगाउने भनिन्छ।स्नान गर्दा हरेक पल नर्क नजानका लागि सत्कर्म गर्ने तत्परता र धर्मको पथमा हिँड्ने वचनलाई आत्मसाथ गरिनुपर्दछ । भन्ने नै हो भनेँ नर्क र स्वर्ग पृथ्वीमा नै छ, नर्क चतुर्दशी ले सबैलाई कर्मको पथमा सत्यले डोर्याउन सकोस् ।शुभकामना !
कमेन्ट गर्नुहोस्