लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युट्युबर मनोज मानव पक्राउ

IMG

तिलोत्तमा सिटी, २३ कात्तिक २०८०। युट्युबर मनोज मानव पक्राउ परेका छन् । भोटाहिटीस्थित साइबर ब्यूरोले मनोजलाई बुधबार राति पक्राउ गरेको हो । मनोज मानव भनिने मनोज कुमार महतोले आफ्नो चरित्रहत्या गरेको भन्दै एक महिलाले दिएको उजुरीको आधारमा मनोजलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउने महतोले व्यक्तिगत चरित्रहत्या हुने प्रकृतिको विषयवस्तु प्रकाशन तथा प्रशारण गरेको, अन्य व्यक्तिसँगको तस्बिर र भिडियो जोडेर चरित्रहत्या गरेको भन्दै ब्यूरोमा उजुरी आएपछि उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । 


मानवलाई म्याद थप गर्न काठमाडौँ जिल्ला अदालत लगिएको छ ।

कमेन्ट गर्नुहोस्