लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मणिग्राम पश्चिमका व्यापारीले पारे तिलोत्तमाको मणिग्राम सडक झिलिमिली

IMG

तिलोत्तमा , कार्तिक २३ गते २०८०। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मुटु तथा व्यापारिक स्थान मणिग्राम झिलिमिली भएको छ। चोकदेखि पश्चिममा व्यापार गर्ने सटर व्यापारीहरुको सहयोगमा मणिग्राम झिलिमिली पारिएको हो। तिहारको रौनक संगसंगै व्यापार वृद्धिका लागि ग्राहकहरुको सुबिधा सहित बिशेष योजना ल्याई दिपावली र झिलिमिली गराइएको स्थानिय व्यापारी शोभाकर तिमिल्सिनाले बताउनुभयो। ग्राहकको सुबिधा र चाडबाड स्पेसल सेवाका लागि राति अबेरसम्म पसल संचालन हुनेगरी स्थानिय व्यापारीको आफ्नै प्रयासमा झिलिमिली गराइएको उहाँले बताउनुभयो। 


मणिग्राम तिलोत्तमाको बिशेष व्यापारिक स्थान भएको र यहा देवदह , धकधई , बेथरी, फर्साटिकर मोतिपुर, लगायतका आसपासका ठाउँबाट समेत किनमेल गर्न आउने हुँदा स्थानिय र छिमेकी पालिकाहरुका ग्राहकको सेवालाई चाडबाडको रौनकताका साथ मनाउन सो प्रयास गरिएको स्थानिय व्यापारीहरुको भनाई छ। तिहारभरी रहने सो झिलिमिलीसंगै त्यहाँका व्यापारीहरुले १० देखि २० प्रतिशतसम्म छुट दिएर ग्राहकलाई सुबिधा दिने समेत बताए। सो झिलिमिली लगाएपछि स्थानिय बासी र बाटोमा हिडडुल गर्नेहरुले फोटो खिच्ने तथा टिकटक बनाउने समेत गरेका छन्। 


कमेन्ट गर्नुहोस्