लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अभिनेत्री दिपाशा बीसीको निधन

IMG

तिलोत्तमा सिटी, २३ कात्तिक २०८०। अभिनेत्री तथा मोडल दीपाशा बीसीको निधन भएको छ । ३१ वर्षको उमेरमा बिहीबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनी बुधबार राति अस्पताल भर्ना भएकी थिइन् । उनको मृत्युको कारण खुलेको छैन । उनको निधनको खबर सार्वजनिक भएसँगै फिल्मकर्मीहरुले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरेका छन् ।


२०५२ सालमा सुर्खेतमा जन्मिएकी अविवाहित बीसीले दर्जनौं म्यूजिक भिडियोका साथै केही नेपाली फिल्ममा पनि अभिनय गरेकी छन् । उनको डेब्यू फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो । यससँगै उनले ‘बिरानो माया’, ‘झेली’ आदि फिल्ममा पनि अभिनय गरेकी छन् । ‘जलपरी’ नामले समेत परिचित बीसीको लोकदोहोरी म्यूजिक भिडियोमा राम्रो व्यस्तता रहँदै आएको थियो ।


उनलाई बाल्यकालदेखि नै नृत्य र गायनप्रति रुचि थियो । कक्षा ६ मा पढ्दा पहिलोपटक स्कूलको कार्यक्रममा नृत्य र अभिनय गरेर उनी प्रथम भएकी थिइन् । २०६३ सालमा गोपीकृष्ण इन्टरटेनमेन्टले गरेको ‘को बन्छ कलाकार’ कार्यक्रममा छनोट भएपछि उनमा कलाकारिताप्रति रुचि बढेको थियो । र, निर्देशक शोभित बस्नतले उनमा सम्भावना देखेपछि ‘दुलही रानी’बाट डेब्यू गराएका थिए । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले  दिए ।मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।

कमेन्ट गर्नुहोस्