लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा प्रहरीद्वारा तीन लाख मूल्य बराबरको पटाका बरामद

tillotmacitynews - 2023 Nov 03 04:01 PM
IMG

तिलोत्तमा सिटी, १७ कात्तिक २०८० गते । नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदै गर्दा पटाकालगायतका आतसबाजी सामान प्रहरीले बरामद गर्न थालेको छ । इलाका प्रहरी कार्यालय बुटवलले तीन लाख ३७ हजार मूल्य बराबरको पटाका बरामद गरेको हो ।  प्रहरीले पटाका भण्डार गरिराखेको भन्दै बुटवल –५ बस्ने २१ बर्षीय सुरज गुप्तालाई पक्राउ गरेको जनाएको छ । मङ्गलबार साढे ६ बजे बुटवल उपमहानगरपालिका –६ खयरघारी सुन्दरनगरस्थित सुरज गुप्ताको घरमा अवैध रुपमा आतसवाजी (पटाका) लुकाइछिपाई भण्डार गरी राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले खानतलासी गर्दा सो मूल्य बराबरको पटाका बरामद भएको प्रहरीले जनाएको छ । 


इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सुरज गुप्ताको घरकोठामा खानतलासी गर्दा विभिन्न नामका र विभिन्न आकारका आतसवाजी (पटाका) फेला पारी नियन्त्रणमा लिएको छ ।  यसैगरी बुटवल उपमहानगरपालिका –६ खयरघारीस्थित एक किराना पसलमा खुद्रा तथा किराना सामान अवैध छली पैठारी गरी ल्याएको अवस्थामा ३७ हजार बराबरको खुद्रा मिठाइहरु बरामद गरेको प्रहरीले जनाएको छ ।  प्रहरीले बरामद भएको सामान भैरहवा भन्सार कार्यालय पठाएको जनाएको छ । तिहार आउन १० दिन बाँकी रहँदा गाउँघरमा अहिले पटाकालगायतका आतसबाजी पड्काउन सुरु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्