
यहाँ बिदेशीनु के रहर होला र मलाई ?
स्वदेशको माया कत्ति छ कत्ति।
अर्काको गुलामी बन्न के रहर होला र मलाई ?
स्वदेशको माया कत्ति छ कत्ति।
दुई चारजना समाजका नाईकेलाई के थाहा ?
बिदेसिनुको पिडा मनमा कत्ति छ कत्ति।।
घर परिवार संगसंगै बस्ने के रहर छैन होला र मलाई ?
स्वदेशको माया कत्ति छ कत्ति।
दुधे बालकलाई सम्झन्छु अनि फेरि भन्छु
स्वदेशको माया कत्ति छ कत्ति।
समाजका मै हु भन्ने बुद्धिजिबिलाई के थाहा?
बिदेशीनुको पिडा मनमा कत्ति छ कत्ति।।
साहुको ऋण के छैन होला र मलाई ?
स्वदेशको माया कत्ति छ कत्ति।
छोराछोरीको पिर के छैन होला र मलाई ?
स्वदेशको माया कत्ति छ कत्ति।
रोजगारीको नाममा सिन्को भन्न नसक्ने बड्डाहरुलाई के थाहा?
बिदेशीनुको पिडा मनमा कत्ति छ कत्ति।।
शिशिर पाण्डे/ तिलोत्तमा-८,रुपन्देही
कमेन्ट गर्नुहोस्