लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बाजुरामा पटक पटक भूकम्पले ७ हजार १३० घरमा क्षति

tillotmacitynews - 2023 Nov 01 01:16 PM
IMG

बुटवल, १५ कात्तिक २०८० । पछिल्लो समयमा पटक पटक गइरहेका भूकम्पले बाजुराका ७ हजार १३० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । पटक पटक भूकम्प गइरहने भएकाले सुदूरपश्चिमका बासिन्दा त्रसित बन्दै आएका छन् । बझाङमा असोज १६ गते मंगलबार दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पपछि निरन्तर सानाठूला परकम्प जाने क्रम जारी छ  । भूकम्पले बाजुरामा १ हजार ३८३ घर पूर्ण रुपमा क्षति भएका छन् । त्यस्तै आंशिक रुपमा ५ हजार २९ र ७१८ जोखिम गरेर ७ हजार १ सय ३० घरमा क्षति भएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए । खप्तडछेडेदह गाउँपालिकामा मात्रै ९८९ घर पूर्ण रुपले क्षति भएको प्रशासनले जनाएको छ ।


बडिमालिकामा ११४, त्रिवेणीमा ११०, बुढिगंगामा १२६ र बुढिनन्दा नगरपालिका १७ घरमा पूर्णरुपमा क्षति भएको छ । गौमुल गाउँपालिका २५ घर र हिमाली गाउँपालिकामा २ घरमा पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । बाजुरामा धेरै घर भत्किएका छन्, नभत्किएका घर पनि पूरै चिराचिरा भएकाले बस्न लायक नभएको स्थानीयबासिन्दाले बताएका छन् । पीडितहरु अहिलेको चिसोमा पनि पालमा रात काट्न बाध्य रहेको बुढिगंगा नगरपालिका १० का भरत कुँवरले वताएका छन । पालमा बस्नुपर्दा गर्भवती, सुत्केरी र बालबालिका सबैभन्दा बढी प्रभावित भएको उनले बताए । भूकम्प प्रभावितले सामान्य पाल भन्दा बाहेक अरु केही राहत नपाएको गुनासो गरेका छन् ।

कमेन्ट गर्नुहोस्