
देवदह, कार्तिक २ । स्वास्थ्य र शिक्षा नागरिकको प्रत्यक्ष पहुँचमा रहनुपर्ने रुपन्देहीको देवदहमा आयोजीत एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । स्वस्थ मानिसले उचित शिक्षा हासिल गर्न सकेको खण्डमा उसले देशको लागि केहि गर्न सक्ने भएकाले राज्यले समेत स्वास्थ्य र शिक्षामा प्रयाप्त लगानि गर्न आवश्यक रहेको उनिहरुले बताए । लायन्स क्लब अफ देवदहको आयोजना र देवदह नगरपालिका वडा नम्बर ८ को ब्यवस्थापनमा आज देवदहमा भएको आँखा शिविर उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै वडा नंम्बर ८ का अध्यक्ष हरि पाण्डेले सामाजिक संघ संस्था र क्लबहरुले समेत स्वास्थ्य अनि शिक्षाको क्षेत्रमा काम गरिरहेकाले राज्य थप जिम्मेवार बन्नुपर्ने बताए । लायन्स क्लब अफ देवदहले नगरका बिभिन्न बिद्यालयमा आँखा परिक्षण गरिरहेको र जसको कारणले विरामी बिद्यार्थीहरुको पठनपाठनमा समेत सहज भएकोमा उनले खुसि ब्यक्त गरे । आफुँले लायन्सको यो अभियानलाई देखेर प्रभावित भएरै वडा नम्बर ८ बासीको आँखा परिक्षण कार्यक्रम आयोजना गरेको पाण्डेले बताए । कार्यक्रममा बोल्दै कोलिय देवदह साकोसका अध्यक्ष ऋषिराम सापकोटाले सहकारीको साधारणसभाहरुमा समेत लायन्सले स्वास्थ्य परिक्षण सम्बन्धि कार्यक्रम गरेर सदस्यहरुलाई सेवा प्रवाह गरेको बताए । यस्ता कार्यक्रमलाई आगामी दिनहरुमा समेत निरन्तरता दिन सापकोटाले जोड दिए ।
यसैबिच लायन्स क्लब अफ देवदहले आज वडा नम्बर ८ मा आयोजना गरेको आँखा शिविर कार्यक्रममा ७० जना महिला र ५५ जना पुरुष गरि जम्मा १ सय २५ जनाको आँखा परिक्षण गरिएको छ । जसमा ४ जनालाई मोतियाबिन्दुको समस्या देखिएको क्लबका अध्यक्ष मनबहादुर क्षेत्रीले जानकारी दिए । बिरामीहरुलाई देवदहको बैकुण्ठनगरमा अवस्थीत लायन्स आँखा अस्पताल मार्फत निशुल्क शल्यक्रिया गर्ने क्षत्रीले बताए । शिविरमा प्राविधिकहरु ओमप्रकाश रहर र सुनिल गुप्ताले विरामीहरुले आँखा परिक्षण गरेको क्लबका पुर्व अध्यक्ष बिष्णु ज्ञवालीले जानकारी गराए ।
कमेन्ट गर्नुहोस्