
तिलोत्तमा, असोज २४ गते २०८०।गायक चिरन्जीवी
भण्डारीले हरामी गीतको भिडियो बाजारमा सार्वजनिक गरेका छन, । गायकीमा गायक चिरन्जीवीलाई लोकप्रिय गायिका
अन्जु पन्तले साथ दिएकि छन् । गीतमा गीतकार प्रतिमा गुरुङ,को शब्द, भिम
बिसीको संगीत, उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।
गीतलाई मिक्सिङ्ग मास्टरिङ कृष्ण कुमार महर्जनले गरेका हुन् ।गीतको भिडियोमा
निर्देशन शिव बि।क, छायांकन उत्सब दाहाल, सम्पादन बिष्णु खड्काको रहेको छ, गीतको भिडियोमा, दुर्गेश थापा,
दीपेन्द्र सोनाम, गरिमा शर्मा, कबिता नेपालीको दमदार अभिनय रहेको छ । गायक चिरन्जीवी भण्डारी एक कुशल संगीतकार पनि
हुन् ।
उनका यस भन्दा पहिला बिस्तारै बिस्तारै, बदमाश, मायालु
तिमि मेरो, तिमि संगै हुन, यो मायाले, पैसा
फ्यांक तमाशा देख, बच्चाकि आमा, तिमी छौ र त, त्यो दिन सम्झ, गल्ति
के भयो , आयौ तिमि, छोड्नु थियो मलाई, तिम्रो मायाले मार्यो, सान्नानी सुनन, शंका गर्ने बानि तिम्रो, आउ
माया लाम, म बादल बनि, तिम्रो नजरको दोषी, फिल्म रेलिमाईको चट्टै मुटु काटेर, फिल्म दीपज्योति, बाट झ्याना पुल्टूङ, भजनहरु
शिव ताण्डव, जय बाबा भोले शंकर, जय जय जय हनुमान, कृष्ण भजन लगायत अन्य धेरै गीतहरु बजारमा आइसकेका छन् ।
उनी संगीतकार पनि भएका कारण उनका संगीतमा नेपालका चर्चित गायक
गायिकाहरुले आवाज पनि दीइ सकेका छन् । जस्तै गायक शिव परियार, प्रमोद खरेल, अन्जु पन्त,
मेलिना राई, मिलन नेवार, एलिना
चौहान, रचना रिमाल, सरु गौतम, दिपा
सुहाङ लिम्बु, सुजाता पाण्डे, लगायतले गायक संगीतकार चिरन्जीवीको संगीतमा
आवाज दिएका छन् । गायक संगीतकार गायक मात्र नभएर कुशल संगीतकार पनि हुन् । उनका
अन्य गीत र भजनहरु आउने तयारीमा छन । पछिल्लो समय उनले गीतकार प्रतिमा गुरुङका
धेरै गीतहरुमा सहकार्य गर्दै आईरहेका छन् ।
कमेन्ट गर्नुहोस्