लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मानव सेवा आश्रमलाई तिलोत्तमा-६ ले १ लाख बराबरको खाद्यान्न सहयोग

IMG
तिलोत्तमा सिटी,असोज २२ गते।  तिलोत्तमा नगरपालिका स्थित पश्चिम पहुनी मोक्षधाममा रहेको मानव सेवा आश्रमलाई तिलोत्तमा नगरपालिका वडा नम्बर-६ वडा समितिले खाद्यान्न सहयोग गरेको छ। मानव सेवा आश्रमलाई वडा नम्बर ६ को तर्फबाट वडा समितिले १ लाख बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको वडा अध्यक्ष गणेश पाठकले बताउनुभयो। तिलोत्तामालाई सडक मानव मुक्त अभियानमा सहयोग गरे संगै मानव सेवा आश्रमले देखाएको सामाजिक कार्यप्रतिको बिश्वास र कार्यशैलीले जो कसैको मन छोएको र सामाजिक अभियानको सफलताको कामना गर्दै सहयोग गरेको वडा अध्यक्ष पाठकले बताउनुभयो। 

तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल सहितका वडाका जनप्रतिनिधी वडा अधय्क्ष गणेश पाठक, वडा सदस्य पूर्ण प्रसाद आचार्य संजय, सिता खनाल गौतम, गोबिन्द रिजाल, वडा सचिव कृष्ण बहादुर क्षेत्री, वडाका सबै कर्मचारी तथा तिलोत्तमा नगर प्रहरी इन्चार्ज नर प्रसाद श्रेष्ठ, धन्नेद्र पौडेल,वडाका सरोकारवाला बुद्धि जिवीहरुको उपस्थितिमा मानव सेवा आश्रमलाई खाद्य सहयोग गरेका हुन्। उक्त हस्तान्तरण कार्यक्रममा आश्रमका संयोजक टिका माया थापालाइ मानव सेवा आश्रमको लागि सहयोग स्वरुप दीईएको खाद्य सामाग्री हस्तान्तरण गरिएको तिलोत्तमा वडा नम्बर-६ का सचिव कृष्ण बहादुर क्षेत्रीले जनाउनु भएको छ। सो सहयोग कार्यक्रमको स्वागत वडा सदस्य पूर्ण प्रसाद आचार्य संजयले गर्नुभएको हो भने संचालन वडा सचिव कृष्ण बहादुर क्षेत्रीले गर्नुभएको थियो। 

मानवसेवा आश्रम २०६९ भाद्र १३ गते मकवापुर जिल्लाको हेटौँडामा सुरुवात भएको हो। सडकपेटी एवं सार्वजनिक स्थानहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश मानिसहरुलाई आश्रममा आश्रय दिइएको छ। हाल सात प्रदेशका १४ जिल्ला र १९ स्थानमा आश्रम सञ्चालनमा छन्। करिब एक हजार एक सय व्यक्तिलाई आश्रमले आश्रय दिएको मानव सेवा आश्रम तिलोत्तमा ( रुपन्देही ) शाखाले बताएको छ। उनीहरुलाई खाना, नाना र छाना आश्रमले दिएको हो। धनगढीमा गत वर्षबाट शाखा सञ्चालनमा आएको छ। शाखाले अहिले १०० जना बढी असाहयलाई आश्रय दिएको छ।  


कमेन्ट गर्नुहोस्