लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शिक्षक आन्दोलनका क्रममा छुटेको पढाइ शनिबार पूरा गर्दै

tillotmacitynews - 2023 Oct 07 07:08 PM
IMG

तिलोत्तमा सिटी,असोज २० गते । शिक्षक आन्दोलनका क्रममा छुटेको पढाइ बिदाको दिन पढाउन थालिएको छ। काठमाडौँको पद्माेदय मावि र पद्मकन्या माविले आज शनिबारकाे दिन पढाएका हुन् ।असाेज २ गतेदेखि शिक्षक कर्मचारीहरूले काठमाडौँ केन्द्रित आन्दोलन थालेका थिए। सोही क्रममा केही दिन पठनपाठन बन्द गरिएको थियो। त्यो बेला बन्द गरिएको पढाए शनिबारकाे दिन मिलाइएको पद्माेदय माविका प्रधानाध्यापक नारायण प्रसाद गौतमले जानकारी दिए। ‘आन्दोलनकै क्रममा छुटेको पढाइ पछि गर्छौ भनेका थियौँ त्यही आधारमा आज विद्यालय सञ्चालन गरेर छुटेको पढाइ अघि बढाएका हाैँ,’ प्रधानाध्यापक गौतमले भने। 


यस्तै आज शनिबारकै दिन पद्मकन्या माविले समेत विद्यालय सञ्चालन गरेको हो। अन्य विद्यालयहरूले समेत आन्दोलनका क्रममा जति दिन विद्यालय बन्द भएको त्यति दिन अतिरिक्त कक्षा सञ्चालन गर्न थालेका हुन्।

कमेन्ट गर्नुहोस्