लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारोत्तोलनमा सागर भण्डारीको नयाँ राष्ट्रिय कीर्तिमान

tillotmacitynews - 2023 Oct 07 07:02 PM
IMG

तिलोत्तमा सिटी,असोज २० गते ।  १९ औं एसियाली खेलकुदको भारोत्तोलनमा सागर भण्डारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । १०९ केजी तौल समूहमा उनले स्न्याचमा १३३ किलो, क्लिन एण्ड जर्कमा १७० किलो गरी कुलमा ३०३ किलो भारत उठाएर राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।उनले यसअघि आफ्नै नाममा रहेको तीनवटै कीर्तिमान सुधार गरेका हुन् । ३ हप्ताअघि साउदी अरबमा भएको आईडब्लूए वर्ल्ड च्याम्पियनसिपमा  सागरले स्न्याचतर्फ १२८ केजी, क्लिन एण्ड जर्कमा १६३ केजी र समग्रमा २९१ केजी भार वहन गरेका थिए । एसियाडमा उनले त्यो भन्दा १२ किलो बढी भार उठाए । सागर नेपालको भारोत्तोलन इतिहासमै कुनै पनि तौल समूहमा ३०३ किलो तौल उठाउने पहिलो खेलाडी हुन् ।


यसअघि यही एसियाली खेलकुदकै ९६ किलो तौल समूहमा विशालसंह विष्टले स्न्याचमा १३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गरेका थिए ।

कमेन्ट गर्नुहोस्