लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सहिदको सम्मानका लागि बिदा दिने कुरा गलत हो : प्रदीप पौडेल

tillotmacitynews - 2023 Oct 05 09:05 PM
IMG

तिलोत्तमा सिटी,असोज १८  गते । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सहिदको सम्मानका लागि बिदा दिने कुरा ठिक नभएको बताएका छन् ।  बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मानिसलाई युद्धमा ल्याउने नेतृत्वले उनीहरुको परिवार र देशका लागि काम गरेर देखाए मात्रै उनीहरुप्रतिको सम्मान हुने बताए । नेता पौडेलले नेपालको गरिबी अन्त्य गर्ने, जनयुद्धमा सहादत प्राप्त गरेका शहीदको सम्मान हुने, उत्पीडित जनताले सुख पाउने गरी देश समृद्ध हुने नीति ल्याएमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको काम सही रहेको ठहर हुने बताए । उनले सत्तामा बस्ने जनताका निम्ति कुनै काम नगर्ने र कुनै दिन बिदा दिएर शहीदलाई सम्झने कुरा गलत भएको बताए। नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसको दिनमा दिएको बिदाको विरोध गर्ने कुरामा कुनै तुक नरहेको जिकिर गरे ।

कमेन्ट गर्नुहोस्