लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बाजुरामा ५.३ रेक्टर स्केलको भूकम्प, केही घर भत्किए

tillotmacitynews - 2023 Oct 03 04:01 PM
IMG

तिलोत्तमा सिटी, २०८० असोज १६ गते । बाजुरा, १६ असोज स् आज दिउँसो २ बजेर ४२ मिनेट जाँदा बाजुराका भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रविन्दु बनाएर पाँच दशमलव तीन रेक्टरको भूकम्प गएको हो । भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ । भूकम्पको झट्का भारतको राजधानी नयाँदिल्लीमा पनि महशुश गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन । यस्तै, नेपालगन्ज र आसपासमा पनि भुकम्पको धक्का महशुस गरिएको छ ।


भूकम्पबाट बझाङमा केही घरमा क्षति पुगेको प्रारम्भिक जानकारीमा आएको छ, बझाङको दुर्गाथलि गाउँपालिका–२ स्थित महालिङ्ग आधारभुत विद्यालयको भवन भत्केको खबर छ । मानवीय क्षतिको भएको जानकारीमा आएको छैन । विस्तृत विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्