लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

३५ औं झरना कप:भूपू सैनिक बिजयी, लिस्नुकपका फ़ाइनालिस्ट सोमबार भिड्दै

IMG
तिलोत्तमा सिटी, २०८० असोज १४ गते ।  झरना स्पोर्टस क्लबको आयोजनामा शनिबारदेखि शुरु ३५ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको आइतबार सम्पन्न खेलमा  भू पु सैनिक जवई स्पोर्टिंग क्लब, सालघारीले  लिस्नु युवा क्लब कोटिहवालाई २ का बिरुद्ध ३ गोल गरि बिजयी भएको छ ।निकै रोमाञ्चक बनेको खेलमा दुबैतर्फका खेलाडी उत्तिकै सक्रिय रहेका थिए। खेलमा भू पु सैनिक जवई स्पोर्टिंग क्लबका सरोज दर्लामी म्यान अफ द म्याच भए। 

तिलोत्तमा नगरपालिका–६ कुञ्जलापुर उमा आधारभूत विद्यालयको खेलमैदानमा भैरहेको प्रतियोगिता अन्तर्गत भोलीको खेल भर्खरै सम्पन्न  लिस्नु कपका फ़ाइनालिस्ट फर्साटिकर एफ.सी,फर्साटिकर र कपिलवस्तु ११ बीच प्रतिष्पर्धा हुने आयोजक झरना स्पोर्टस क्लबका अध्यक्ष गङ्गा प्रसाद रानाले जानकारी दिए । प्रतियोगितामा रुपन्देही, पाल्पा,नवलपरासी र कपिलवस्तुका गरि १६ टोलीको सहभागिता रहेको झरना स्पोर्टस क्लबका खेल संयोजक मनु श्रीसले  बताउनुभयो। हरेक दिन दिउँसो ३ बजेदेखि सुरु हुने खेल हेर्न महिला, वृद्धवृद्धा, अपांगता भएका र अशक्तलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको क्लबका अध्यक्ष गङ्गा प्रसाद रानाले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्