लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तीन घण्टा सोधपुछपछि अनमोललाई सरकारी वकिल कार्यालयमा लगियो

tillotmacitynews - 2023 Oct 01 06:02 PM
IMG

तिलोत्तमा सिटी, असोज १४ गते । तीन घण्टा लामो सोधपुछपछि अभिनेता अनमोल केसीलाई सरकारी वकिलको कार्यालयमा लगिएको छ । प्रहरीले महानगरीय प्रहरी परिसर टेकुमा केसीसँग सोधपुछ गरेको थियो । उक्त सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए । साथै, स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बताएका थिए ।


अनमोललाई भेट्न भुवन केसीकी छोरी तथा अनमोलकी दिदी काजल पनि पुगेकी थिइन् । उनलाई प्रहरीले अहिले जिल्ला अदालतमा उपस्थित गराउन लगिरहेको छ । फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्माताले अनमोलविरुद्ध उजुरी दिएका थिए । प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्