लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

उद्यमिका सफलता र सघर्षका कथा सुन्न जनप्रतिनिधि र युवाहरु पुगे अस्ट्रिज फार्म

IMG

तिलोत्तमा सिटी, २०८० असोज १३ गते । तिलोत्तमाका जनप्रतिनिधि र विभिन्न युवा क्लबका, बाल क्लबका प्रतिनिधि सहित युवाले आज अस्ट्रिज फार्म अवलोकन साथै  व्यवसायी सि.पि शर्मा सग उहाँको सफल र सघर्षका काथबारे साक्षर कार्यक्रम सम्पन्न गरेका छन ।तिलोत्तमा नगरपालिका आफै उत्कृष्ट नगरपालिका भएको र उधोगिक हिसाबले पनि उदाहरणीय बन्दै गइरहेकोले यहाँ उधमकोलागी सुनौलो असर रहेकाले युवा सहित उधमी सग भेटघाट एवम् उद्योग अवलोकन गरेको र यश कार्यबाट युवामा सकारात्मक सन्देश प्रबाह हुने भएकाले आफुले उक्त कार्यक्रम आयोजना गरेको तिलोत्तमा नगरपालिका का कार्यपालिका सदस्य एवम् समाजिक विकास समितीका सयोजक रवि सेन्चुरीले बताउनु भयो ।


त्यस्तै नेपाल हरेक दृष्टिकोणबाट उत्पादन र बजारीकरणका हिसाबले चीन र भारत जस्ता छिमेकी राष्ट्र अवसर भएकाले राज्यले युवा उमेरको लाभांश लिनु सक्नु पर्ने उद्यमि सि.पि. शर्माले बताउनु भयो । उक्त कार्यक्रममा विभिन्न क्लब नव टिकुलीगढ युवा क्लब, लिस्नु युवा क्लब, सिभर साइड युवा क्लब, न्यु सनराइज युथ क्लब, बाल क्लब र कार्यपालिका सदस्य एवम् नगर सभा सदस्यहरुको सहभागिता रहेको थियो । युवाको लागि विभिन्न सृजनशिल कार्य गर्दै आइरहेको र आगामी दिनमा महिनाको एक पटक विभिन्न उद्योगमा युवाहरुलाई अध्ययन , अवलोकन गराउदै विभिन्न सृजनशिल कार्यमा युवाहरुलाई जोड्दै अघि बढ्ने युवामैत्री स्थानीय शासन अभियानता जीवन पाण्डेले जानकारी दिनु भयो ।प्रत्येक महिनाको एक पटक विभिन्न उद्योगमा फरक फरक युवाहरुलाई अध्ययन,अनुसन्धान , अवलोकन साथै व्यावसायिक सग साक्षरता गराइने छ ।




कमेन्ट गर्नुहोस्