लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

झरना कप शुरु:उद्घाटन खेलमा समपुर्ण बिजयी

IMG
तिलोत्तमा सिटी, २०८० असोज १३ गते । शनिबारदेखि झरना स्पोर्टस क्लबको आयोजनामा ३५ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । शनिबार सम्पन्न उद्घाटन खेलमा समपुर्ण युवा क्लब सुपौलीले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रलाई ट्राई ब्रेकरमा ३ गोल अन्तरले बिजयी भएको छ ।निर्धारित समयको पहिलो हाफमा प्रहरीको तर्फबाट जर्सी नम्बर ८० का शैलेन्द्र चौधरीले खेलको २२ मिनटमा १ गोल गरे भने समपूर्णको तर्फबाट दोस्रो हाफको २० मिनेटमा जर्सी नम्बर ६ का सनम गुरुङले १ गोल गरे। निर्धारित समयमा दुवै तर्फको बराबरी गोल पछि भएको ट्राईब्रेकरमा प्रहरीको तर्फबाट एक गोल पोलमा लागि बाहिर गयो भने २ गोल गोलकिप्पर प्रदिप भण्डारीले रोकेका थिए। खेलमा समपुर्णका गोलकिप्पर भण्डारी म्यान अफ द म्याच भएका थिए।
 
तिलोत्तमा नगरपालिका–६ कुञ्जलापुर उमा आधारभूत विद्यालयको खेलमैदानमा भैरहेको प्रतियोगिता अन्तर्गत भोलीको खेल भूपू सैनिक जवई स्पोर्टिंग क्लब र लिस्नु युवा क्लबबीच प्रतिष्पर्धा हुने आयोजक झरना स्पोर्टस क्लबका अध्यक्ष गङ्गा प्रसाद रानाले जानकारी दिए ।प्रतियोगिताको प्रमुक अतिथिको रुपमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले शनिवार उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख खाणले स्थानीयस्तरबाट खेल सुरु गरी इतिहास बोकेको झरना कपको यसक्षेत्रमा आफ्नै गरिमा रहेको बताउनुभएको थियो । उनले यस क्षेत्रको शानको रुपमा स्थापित यस खेलसँगै सामाजिक सेवामा अग्रसर क्लबको खेल प्रतियोगिताको सफलताको शुभकामना समेत दिनुभयो।

सो अवसरमा बिशिष्ठ अतिथि तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वर देवी चौधरी, वडा अध्यक्ष गणेश पाठक , रमेश डुम्रे, जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, वडा सदस्य पूर्ण प्रसाद आचार्य ( संजय ) लगायतको उपस्थिति रहेको थियो। प्रतियोगितामा रुपन्देही, पाल्पा,नवलपरासी र कपिलवस्तुका गरि १६ टोलीको सहभागिता रहेको झरना स्पोर्टस क्लबका खेल संयोजक मनु श्रीसले  बताउनुभयो। हरेक दिन दिउँसो ३ बजेदेखि सुरु हुने खेल हेर्न महिला, वृद्धवृद्धा, अपांगता भएका र अशक्तलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको क्लबका अध्यक्ष गङ्गा प्रसाद रानाले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्