लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अष्ट्रेलिया लागे विमल घर्तीमगर

tillotmacitynews - 2023 Sep 29 12:03 PM
IMG

तिलोत्तमा, २०८० असोज १२ गते । राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि अष्ट्रेलिया पलायन भएका छन् । नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गर्दै अष्ट्रेलिया पलायन भएका हुन् ।  उनको स्थानमा मार्की खेलाडीको रुपमा अनन्त तामाङलाई अनुबन्ध गरिएको छ । पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलिया पलायन भइसकेका छन् ।


दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ, अभिशेक रिजाल, दिपकसिंह ठकुरी, विमल राना, रेजिन सुब्बा, पुजन उपरकोटी, निशान खड्का, रवि पासवान लगायतका ३५ भन्दा बढी खेलाडीहरू विदेशिएका छन् । सिनियर टिमको ब्याकअप मानिएको एउटा पुस्ताकै पलायनले राष्ट्रिय टिमको सन्तुलनमा नै असर पर्ने अवस्था आइसकेको जानकारहरू बताउँछन् ।

कमेन्ट गर्नुहोस्