लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस नेपाल आउँदै

IMG

तिलोत्तमा सिटी, २०८० असोज १२ गते ।अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइट आइतबार काठमाडौं आउने भएकी छन् । एमसीसीकी सीईओ एलिस काठाडौंमा पाँच दिनसम्म रहने कार्यतालिका छ ।


अमेरिका र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गएको १३ भदौबाट कार्यान्वयनमा गएको छ । एमसीसीकी सीईओ एलिस यसैको कार्यान्वयनमा गएको उपलक्ष्यमा नेपाल आउन लागेको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।‘एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले नेपाल–अमेरिका बीचको द्विपक्षीय साझेदारी मनाउन र एमसीसी–नेपाल कम्प्याक्ट सम्झौताको सफल सुरुवातको उपलक्ष्यमा अर्को साता नेपाल भ्रमण गर्नुहुने भएको छ’, काठमाडौंस्थित अमेरिकी दूतावासले भनेको छ ।दूतावासका अनुसार भ्रमणका क्रममा एमसीसीकी सीईओ एलिसले नेपाल सरकारका वरिष्ठ नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने र कार्यान्वयनका अगाडिका चुनौतीहरूलाई सम्बोधन गर्न एवम् कम्प्याक्टका लाभहरू नेपालीहरूसम्म पुर्याउन एमसीसी दृढ साझेदारका रूपमा रहने प्रतिबद्धतामाथि जोड दिने दूतावासको भनाइ छ ।


एलिसले काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्ति बस्नेतलगायत अन्य सरकारी उच्च अधिकारीसँग भेटवार्ता गर्ने तय भएको छ । भेटमा उनले एमसीसी कार्यान्वयनमा भएको ढिलाइका कारण अल्झिएका आयोजना र तिनका समस्याबारे छलफल गर्ने जनाइएको छ । त्यस बाहेक उनले अन्य राजनीतिक दलका केही शीर्ष नेताहरूसँग पनि भेट्ने योजना छ ।एमसीसीमा हस्ताक्षर भएको ६ वर्ष र नेपालको संसदले अनुमोदन गरेको दुई वर्षपछि कार्यान्वयमा गएर सम्पन्न गर्ने पाँच वर्षे अवधि १३ भदौबाट सुरु भएको छ । तर ठेक्का प्रक्रिया र जग्गा अधिग्रहणलगायत विषयमा समस्याको समाधान नभएका कारण यसको कार्यान्वयन प्रक्रिया अन्योलमा परेको छ ।


हाल प्रसारण लाइन निर्माणका लागि आह्वान गरिएको ठेक्कामा बोलपत्रदाताले अनुमानित भन्दा बढी लागत लाग्ने बताएपछि कार्यान्वयनको पाटोमा समस्या देखिएको छ । एमसीसीको लगानीमा निर्माण हुने भनिएको ३१५ किलोमिटर प्रसारण लाइन आयोजनाको ठेकेदार छनोटमा नै समस्या देखिएको छ ।प्रसारण लाइन र सडक स्तरोन्नति लगायतका एमसीसीको अनुदानमा बन्ने आयोजनामा बोलपत्रदाताले उच्च दरले बोलपत्र दिएकाले उनीहरूमध्ये कसलाई छनोट गर्ने वा नगर्ने भन्नेमा कठिनाइ उत्पन्न भएको छ ।प्रसारण लाइन निर्माणलाई विभिन्न प्याकेजमा टुक्रा्याएर टेण्डर आह्वान गरिएको थियो ।


यसअघि एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन घोषणाका क्रममा एमसीसीका उपाध्यक्ष क्यामरुन एस अल्फोर्ड पनि काठमाडौं आएका थिए ।

कमेन्ट गर्नुहोस्