लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गजल: सकिन

tillotmacitynews - 2023 Sep 29 05:22 PM
IMG

सानैदेखी बाध्यताले घेर्यो, कहिले रमाउन सकिन।

उमेर पुग्यो, वेला भयो र पनि अझै कमाउन सकिन।


एकाअर्कासंगै जिन्दगी कटाउने बाचा थियो हाम्रो

बाचा बाचा नै रह्यो, मैले उसलाई आफ्नो बनाउन सकिन।


मैले अनिदोको मतलब त्यो दिन बल्ल बुझें

जुन दिन म बिनाकारण रातभर निदाउन सकिन।


म त्यति कमजोर छु जस्तो त लाग्दैन थियो

कसैलाई पनि मैले आफ्नो विश्वास दिलाउन  सकिन।


जिन्दगी त्यस्तो ठाँउमा गएर लापत्ता भयो कि

लाखौं कोसिस गर्दा पनि मैले जिन्दगी भेटाउन सकिन।


-कमल पंगेनी 

तिलोत्तमा ७ रुपन्देही 

कमेन्ट गर्नुहोस्