लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विद्यार्थीसंग पुग्यो"परदेशी-२"

tillotmacitynews - 2023 Sep 27 04:52 PM
IMG
तिलोत्तमा, २०८० असोज १० गते।यही असोज २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘परदेशी २’ ले प्रचारप्रसारलाई तीव्रता दिएको छ । यसैक्रममा निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसहित चलचित्रको टिम चलचित्रको प्रचारको क्रममा बुधबार तिलोत्तमाको नमस्ते एकेडेमि पुगेका हुन। उक्त कार्यक्रमा परदेशि २ को झ्याउरे भाकाको ‘परदेशी छुकछुकै रेलैमा’ गित पनि सार्वजनिक गरिएको छ। फिल्मका निर्देशक नारायण रायमाझीकोसँगै तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङ लगायतको स्वर रहेको म्युजिक भिडियो पाल्पा तथा बुटवलमा छायांकन गरिएको छ । केही भागहरु काठमाडौंमा समेत छायांकन गरिएको निर्देशक रायमाझीले जानकारी दिए । "परदेशी २" मा नेपालि समाजको जल्दोबल्दो घटना तथा युवापिँढि विदेशिनु पर्ने बाध्यताको चित्रण गरिएको नेपालि फिल्म रहेको पनि फिल्मका निर्देशक नारायण रायमाझीले जनाएका छन। 

विद्यालयका विद्यार्थीहरु पनि आफ्नो स्कुलमा प्रकाश सपुत र केकि अधिकारीलाइ देख्दा उत्साहित देखिएका थिए। फिल्म प्रदेशीमै आधारित रहेर कलाकारहरुले तयार पारेको ड्रामा शो प्रस्तुत गरिएको थियो । कलेज जीवन र परदेशी जीवनका भोगाईलाई गीत र नाट्यको माध्यमबाट प्रस्तुत गर्दा दर्शक दिर्घमा धेरैका आँखा रसाएका थिए । छमछमी सिजन–३ मा तृतीय तथा डान्सिङ वीथ स्टारमा दोस्रो बन्न सफल शेखर घर्ती, छमछमी सिजन ३ का फाइनालिस्ट तथा सुपर डान्सरको सेकेण्ड रनरअप रविता मगर, छमछमी सिजन–४ का सेमिफाइनालिष्ट पुष्प घिमिरे, छमछमी सिजन ४ को उपविजेता, मेरो डान्स यूनिभर्सको फाइनालिष्ट तथा वर्ल्ड डान्स लीग वीनर नेशन सुस्लिङ मगरसँगै थिएटर आर्टिस्टहरु सुजता बस्याल, विवेक खड्का, रारा ज्योती पोखरेल र निर्मल साउदले संयुक्त रुपमा कोरियोग्राम गरेको ड्रामा प्रस्तुत गरिएको थियो ।

परदेशी २ को टोलीले नमस्ते एकेडेमी संगै तिलोत्तमाको शान्ति नमुना मावि, बुटवलको ग्लोरी बोर्डिंग स्कुल, दिप बोर्डिङ्ग, मणिमुकुन्द कलेज, होराइजन कलेज, अक्सफोर्ड कलेज लगायतका शैक्षिक संस्थामा पुगेर बिद्यार्थी अभिभावक तथा शिक्षकसंग भेटेर गीतिनाटक तथा आफ्नो फिल्मको बारेमा प्रास्तुती राखेका थिए। सो अवसरमै आज नमस्ते एकेडेमीबाट फिल्मको झ्याउरे भाका को गीत् समेत युट्युबमार्फत सार्बजनिक भएको छ। राजेश वंशल अग्रवाल र नारायण रायमाझीको निर्माण रहेको यो चलचित्रमा प्रकाश र केकीका साथमा वर्षा शिवाकोटी, प्रशान्त तामाङ्ग, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । मानकृष्ण महर्जनको छायांकन, बि.बि. अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द, श्यामश्वेत रसाईलीको साउण्ड डिजाइन र मिक्सिङ रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्