लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दीपेन्द्रलाई लुम्बिनी अल स्टार्सले १ लाख दिने

tillotmacitynews - 2023 Sep 27 03:08 PM
IMG

तिलोत्तमा सिटी, २०८० असोज १० गते । एसियन गेम्समा मंगोलियाविरुद्धको खेलमा कीर्तिमान बनाएका खेलाडी दीपेन्द्र सिंह ऐरीलाई लुम्बिनी अल स्टार्स क्लबले १ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । चीनमा बुधबार भएको खेलमा दीपेन्द्रले ९ बलमा अर्धशतक बनाउँदै कीर्तिमान कायम गरेका हुन् । उनले ६ बलमा लगातार ६ छक्का प्रहार गरेका थिए । उनले १० बलमा ८ छक्कासहित ५२ रनमा अविजित रहेका थिए । सोही कीर्तिमानका लागि नेपाल प्रिमियर लिग (एनपीएल) टिम लुम्बिनी अर्लस्टार्सले पुरस्कार घोषणा गरेको हो । दीपेन्द्र लुम्बिनी अलस्टार्सका कप्तान पनि हुन् । लुम्बिनीले एसियन गेम्समा सहभागी नेपाली खेलाडीलाई जनही १० हजार रुपैयाँ दिने पनि विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्