बुटवल, २०८० असोज ९ गते। मोफसल दौडाहामा हिडेको परदेशी-२ को टोली बुटवलमा छ। काठमान्डौदेखि चितवन हुँदै नेपालगंजमा आफ्नो भ्रमण सकेको टोली बुटवलमा आएर कलेज तथा पत्रकार एबम दर्शक भेटी असोज २६ गते रिलिज हुने फिल्मबारे निमन्त्रणा गरेका छन्। बिहानैबाट कलेजमा बिद्यार्थीसंग भेटेका कलाकारहरुले दिउसो चलचित्र पत्रकार संघ रुपन्देहीको आयोजनामा भएको साक्षात्कार कार्यक्रममा फिल्मबारे बताएका हुन्। सो कार्यक्रममा बोल्दै नायक तथा गायक प्रकास सपूतले समाजमा भएका नेपाली सबैको घरमा हुने कथालाई टपक्क टिपेर कथा बुनिएको परदेशी २ समाजको पुर्ण कथा भएको बताएका छन्। आफ्नो डेब्यु फिल्म भएकाले निकै उत्साहित बनेका सपुतले यसपछि अर्को फिल्म खेल्ने या नखेल्नेबारे परदेशी-२ ले निर्णय गर्ने र त्यसको सबै जिम्मा दर्शकलाई दिएको बताए।
सो पत्रकार भेटघाटमा बोल्दै निर्माता एबम निर्देशक नारायण रायमाझीले पाल्पा माथागढ़ी हुँदैगोरखापल्टनको कथाबाट शुरु भएको घरघरको कथा पाल्पा, तानसेन बुटवल हुँदै काठमाडौँ र विदेशसम्म पुगेको कथा परदेशी-२ मा समेटिएको बताए। छायांकन करीव ढाईबर्ष लगाएर गरिको फिल्ममा दर्शकले चाहे अनुसारको कथा दिन सकेको उनको भनाई छ । पुर्ण सामाजिक कथा भएपनी फिल्म पूर्ण कमर्सियल बनेको र सेन्सरमा पीजी सर्टिफिकेट समेत पाएको बताए। झ्याउरे गीत सार्बजनिक हुन लागेको फिल्म परदेशी २ को यस गीतलाई दर्शकले समेत प्रतिक्षामा राखेका छन् ।
आफ्नो ३० वटा फिल्म खेल्दा समेत नपाएको सस्कृति सम्बन्धी कथा परदेशी-२ ले आफुलाई दिएकोमा नायिका केकी अधिकारी हर्षित छिन। निर्माता एबम निर्देशक नारायण रायमाझीलाई धन्यबाद दिदै उनले नेपाली समाजमा हुने दैनिक घटनालाई फिल्मले मनोबैज्ञानिक ढंगले देखाउन खोजेको उनको भनाई छ। फिल्म परदेशी २ नेपाली समाजको सिंगो प्याकेज भएकोले सबै दर्शकले माया गर्ने आशा रहेको केकी अधिकारीको भनाई छ।लोक तथा दोहोरी गायक तथा निर्माता एबम निर्देशक नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ आगामी असोज २६ गतेदेखि मात्र प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मिति पनि घोषणा गरेको हो ।निर्देशक रायमाझीले परदेशी– २’ सन् २०१५ मा प्रदर्शनमा आएको फिल्म ‘परदेशी’ को सिक्वेल भएको बताएका छन्।
फिल्ममा प्रकाश सपुत, केकी अधिकारी, दीलिप रायमाझी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, सबिन बास्तोला, रमा थपलिया, भिमा मैनाली, रोशनी कार्की लगायतका कलाकारको अभिनय छ ।नारायण इन्टरनेशनलको प्रस्तुतिमा बनेको फिल्मको कथा रमेश बिजीले लेखेका हुन् । बीबी अनुरागीको संगीत रहेको फिल्ममा रामजी लामिछानेसँगै गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनले छायांकन र दीर्घ खड्काको सम्पादन छ ।नेपाल र अमेरिकामा छायांकन भएको फिल्मको वितरण उपत्यकामा डिसीएन र उपत्यकामा बाहिर एफडी कम्पनीले गर्नेछ ।
कमेन्ट गर्नुहोस्