लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

धनगढी बजार क्षेत्र डुबानमा, अस्पतालको वार्ड पनि जलमग्न

tillotmacitynews - 2023 Sep 25 01:32 PM
IMG

तिलोत्तमा सिटी, असोज ८ गते । अविरल वर्षाका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी डुबानमा परेको छ । सेती प्रादेशिक अस्पतालको वार्ड समेत जलमग्न भएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार सेती अस्पतालको प्रसूति वार्ड र शल्यक्रिया कक्षमा पानी पसेको छ । वार्डमै पानी पसेपछि बिरामी र तिनका आफन्तलाई समस्या भएको छ ।आइतबार रातिदेखिको अविरल वर्षाका कारण धनगढी बजार क्षेत्रका एलएन चोक, विशालनगर, हसनपुर क्षेत्र जलमग्न भएका छन् । पानीको निकास नहुँदा धनगढी उपमहानगरपालिकाका वडा नम्बर १, ३ र ४ मा बढी डुबान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्